०१ असार २०८३, सोमबार

म्याद बढाउन शिक्षा आयोगको माग

म्याद बढाउन शिक्षा आयोगको माग

काठमाडौं, २० माघ– उच्चस्तरीय शिक्षा आयोगले निर्धारित अवधिमा काम नसकेपछि सरकारसँग चार महिना म्याद बढाउन आग्रह गरेको छ। नयाँ राज्य संरचना अनुसारको शिक्षा नीति तयार पार्ने लगायतका महत्त्वपूर्ण जिम्मेवारी आयोगले पाएको छ । 

संघ, प्रदेश र स्थानीय तहका लागि शिक्षा नीति सहितका कार्यक्रम एवं सुधार सम्बन्धी प्रतिवेदन तयार पार्न पाँच महिनाअघि गठित आयोगको अवधि, काम पूरा नगरीकनै शुक्रवार सकिएको थियो।

प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम बनाउन सुझाव संकलन गरि प्रतिवेदन बनाउने जिम्मेवारी, शिक्षामन्त्री नेतृत्वको उच्च स्तरीय शिक्षा आयोगले पाएको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्