
चीन, २० माघ- चीनका अधिकारीहरुले देशभक्तिका गानहरूको व्यङ्ग्यात्मक नक्कलमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।
चीनको संस्कृति मन्त्रालयले वेबसाइटहरुले इतिहास र प्राचीन कलाकृतिहरुप्रति सम्मान गर्नुपर्ने जनाएको छ ।
मन्त्रालयले अहिलेसम्म देशभित्र सञ्चालित १७ अनलाइन माध्यमहरुलाई झण्डै ४ हजार भिडिओ दृश्य तथा १ सय ५० भन्दा बढी त्यस्ता गीतहरु हटाउन आदेश दिएको छ।
चीनको सान्डोंग प्रान्तमा शिक्षकहरुको एक समूहले एउटा देशभक्ति गीतमा आफ्नै शब्दहरु थपेर गाएको भिडिओ सार्वजनिक भएको थियो।
त्यसपछि नागरिकहरुले गरेका गुनासोको प्रतिक्रियास्वरुप पछिल्लो कदम चालिएको बीबीसीले जनाएको छ ।