
विराटनगर, २० माघ- यही माघ २४ गते हुन लागेको राष्ट्रियसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय निर्वाचन कार्यालयले आज विराटनगरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा मोरङ जिल्लाका १७ वटा स्थानीय निकाय तहका प्रमुख उपप्रमुख तथा मोरङका २३ जना प्रदेशसभा सदस्यको सहभागिता रहेको थियोे ।
राष्ट्रियसभा निर्वाचनको विधि, प्रक्रिया तथा मतपत्रको प्रकार तथा मतदान कसरी गर्ने सम्बन्धमा क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा महानगरपालिका, उपमहानगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको थियो ।
प्रदेशसभा सदस्यसहित १७ वटै स्थानीय तहका प्रमुख उपप्रमुखले राष्ट्रियसभा सदस्य पदमा मतदान गर्न पाउने व्यवस्था रहेको छ ।