काठमाडौं २१ माघ- नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ सोरुम सुरु गरेको छ । यामाहाको पुरानो तथा विश्वासिलो डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज र फाइनान्स सुविधासहितको सेल्स आउटलेट सुरु गरेको हो । ललितपुरमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गरी एमएडब्लुले नयाँ सोरुम स्थापना गरेको जनाएको छ । नयाँ सोरुमको उद्घाटन मिन नेपाल इन्टरनेसनल तथा यामाहा फेस अफ फेसिनो निती शाहले गरेकी हुन् ।
‘यामाहाले आफूलाई नेपालकै सबैभन्दा बढी विश्वासिलो मोटरसाइकल ब्रान्डका रुपमा स्थापित गरिसकेको छ । हामीसँग फरक पृष्ठभूमिका राइडरहरुकालाई मिल्ने फरक फरक प्रकारका मोडलहरु उपलब्ध छन्,’ उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका एजीएम दिपक रौनियारले भने, ‘यामाहाका मोटरसाइकल र स्कुटरको लोकप्रिय तीव्र गतिमा बढिरहेकै कारणले हामीले ठाउँ ठाउँमा नयाँ डिलर र सोरुमको स्थापना गर्दै आएका छौं । यो नयाँ सोरुमबाट पनि ग्राहकले गुणस्तरीय सेवा पाउने विश्वास हामी दिलाउन चाहन्छौं ।’
त्यसैगरी, रिसिक अटोमोबाइल्का प्रबन्ध निर्देशक मिलन बाबु मल्लले पनि नयाँ सोरुम स्थापना भएकोप्रति खुसी व्यक्त गरे । ‘रिसिक अटोमोबाइल्सले आफ्ना ग्राहकको विश्वास जितेको छ र यसका लागि हामी आफ्ना ग्राहकप्रति सदा आभारी छौं । यहिँ विश्वासकै कारण नयाँ सोरुम सुरु गर्न सकेका हौं । हामी वहाँहरुको विश्वासलाई सदा सम्मान गर्नेछौं ।’ मल्लले भने ।