३० जेठ २०८३, शनिबार

मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु

ललितपुर, २२ माघ– ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति बा २९ प ३९९५ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा घाइते भएका ओखलढुंगाका प्रेमबहादुर कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । 

उनको बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका भोजपुरका गणेश तिवारीको उपचार भैरहेको छ । कार्कीले मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्