०९ असार २०८३, मंगलबार

दरबारमार्ग सामूहिक बलात्कार : इन्सपेक्टर ठकुरी निलम्बित

दरबारमार्ग सामूहिक बलात्कार : इन्सपेक्टर ठकुरी निलम्बित

काठमाडौं, २२ माघ– दरबारमार्गको होटेल ल्याण्डमार्कमा एक युवतीमाथि भएको सामूहिक बलात्कार काण्डमा मुछिएका महानगरीय प्रहरी परिसर दरबारमार्ग बृत्तका प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मण ठकुरी निलम्बनमा परेका छन् । 

बलात्कारको घटनालाई आर्थिक लेनदेनमा गुपचुप पारेको भन्दै प्रहरीले उनलाई दरबारमार्ग बृत्तबाट प्रहरी प्रधान कार्यालयको १ नम्बर गणमा तानेको थियो । १ नम्बर गणमा तानेर अनुसन्धान भइरहेकोमा सोमवार उनलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेले बताए । 

बलात्कार घटनालाई आर्थिक लेनदेनमा गुपचुप पार्ने कार्यमा संलग्न रहेका दरबारमार्ग बृत्तको मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक चन्द्र भण्डारी भने यसअघि नै निलम्बनमा परिसकेका छन् । 

उक्त प्रकरणमा मुछिएका बृत्तका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) तिलक भारतीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई दरबारमार्ग बृत्तबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा यसअघि नै तानिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्