११ असार २०८३, बिहीबार

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित ४७ घर आज हस्तान्तरण गरिँदै

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित ४७ घर आज हस्तान्तरण गरिँदै

रौतहट, २३ माघ– धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा रौतहटमा निर्मित सन्तपुर एकिकृत नमूना बस्ती आज हस्तान्तरण गरिने भएको छ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर हस्तान्तरण गर्न लागिएको हो । 

गत असोज ४ गते शिलान्यास गरिएको नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । करिब पाँच करोड ९६ लाखको लागतमा बस्ती निर्माण भएको बताइएको छ ।

एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेल धुर्मसले बताए । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।

salt training

कमेन्ट गर्नुहोस्