
काठमाडौं, २३ माघ- यस वर्षको भ्यालेन्टाइन डे लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरि माया अभियानको घोषणा गरेको छ । अभियानअन्तर्गत लविम मलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले गर्दैछ । सो मलमा भ्रमण गर्नेहरुले मनमोहकगिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्त गर्न सक्नेछन् । घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरि मायाले उत्कृष्ट मूल्यमाविशेष भ्यालेन्टाइन उपहार प्रदानगर्नेछ । ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् ।
अब साच्चीनै सपिङ अझ बढी चाखलाग्दो एवम् सजिलो भएको छ र यसको एउटै कारण भनेको स्मार्टडोकोले काठमाडौंको रिङ्गरोड भित्र प्रदान गर्ने निशुल्क डेलिभरी सुविधा हो । यसले काठमाडौ लगायत देशकाअन्यशहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ ।
अभियानअन्तर्गत तीन भाग्यशाली बिजेताले प्राप्त गर्नेछन् । तीनविशेष उपहार एवं विभिन्न ब्राण्डको खरिदमा ५० प्रतिशत सम्मको छुट प्रदान गरिएको छ । उपहार अन्तर्गत एक जोडीको लागिहोटल ¥याडिसन, काठमाडौंमा रात्रीभोज, एक जोडीको लागि द हिल बुटिक होटल, पोखरामा रात्रीभोज र एक जोडीको लागिहोटल सिङ्गी, काठमाडौंमा रात्रीभोज रहेको छ ।
स्मार्टडोकोबाट रु १,००० वा सो भन्दा वढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागिखरिद गर्ने ग्राहक लक्की ड्र को लागि योग्य हुनेछ । डोकोभरि मायाअभियान १ फेबु्रअरी देखि १३ फेबु्रअरी सम्म सञ्चालनहुने छ र तीन भाग्यशाली विजेताको नाम १४ फेब्रुअरी मा घोषणा गरिने छ ।