०१ असार २०८३, सोमबार

आगलागीबाट  २७ लाखको क्षति

आगलागीबाट  २७ लाखको क्षति

बैतडी, २३ माघ - दशरथचन्द नगरपालिका–६ थालीगाडास्थित एक खुद्रा पसलमा आज आगलागी हुँदा करिब रु २७ लाख मूल्य बराबरको क्षति भएको छ । 

जगन्नाथ इङलिस बोर्डिङ स्कुलसँगै जोडिएको दिलीप सिंह पेलाको खुद्रा पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । 

आगलागीबाट विद्यालयको केही भौतिक सामग्रीसमेत जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्