०१ असार २०८३, सोमबार

आज राष्ट्रियसभा निर्वाचन, ३२ सदस्यका लागि ५२ उम्मेदवार चुनावी मैदानमा

आज राष्ट्रियसभा निर्वाचन, ३२ सदस्यका लागि ५२ उम्मेदवार चुनावी मैदानमा

काठमाडौँ, २४ माघ –राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । 
 मतदानका लागि छ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १२ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित  भइसकेकाले त्यहाँ निर्वाचन हुनेछैन ।  

आयोगका अनुसार  कूल ५६ सदस्यका लागि हुने निर्वाचनमा २४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले आज  ३२ सदस्यका लागि ५२ जना उम्मेदवारबीचमात्रै प्रतिस्पर्धा हुनेछ । 

नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । त्यस्तै, सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना समेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ । 

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् । 
प्रदेश नं २ मा सबै निर्विरोध निर्वाचित आजको निर्वाचनमा बाँकी ६ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी कूल एक हजार ६७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । स्थानीय तहका पदाधिकारीको प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य प्रत्येकको मतभार ४८ हुने कानुनी प्रावधान छ । 

salt training

कमेन्ट गर्नुहोस्