२३ जेठ २०८३, शनिबार

राष्ट्रियसभामा प्रदेश नम्बर ६ मा कांग्रेस ‘निल’, वाम गठबन्धन आठै सिटमा विजयी

राष्ट्रियसभामा प्रदेश नम्बर ६ मा  कांग्रेस ‘निल’, वाम  गठबन्धन आठै सिटमा विजयी

काठमाडौं, २५ माघ– राष्ट्रियसभा सदस्यमा प्रदेश नं ६ बाट  वाम गठबन्धनका आठै उम्मेदवार विजयी भएका छन् । 

मतगणनामा अपाङ्ता÷अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयमा उपप्रधानपञ्च भइसकेका  नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । 

यसैगरी महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । महिलातर्फका उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद पौडेलले जानकारी दिए । विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी हुन् भने युटुल माओवादी केन्द्रकी हुन्    ।
यस्तै खुल्लातर्फ एमालेका  भैरव सुन्दर श्रेष्ठ, ठगेन्द्रप्रकास पुरी विजयी भए भने  माओवादीवाट कालीबहादुर मल्ल  विजयी भए । 
प्रदेश नम्बर ६ बाट कांग्रेस भने एक सिट पनि जित्न सकेन । 
 

salt training

कमेन्ट गर्नुहोस्