
काठमाडौं, २५ माघ– आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले बिहीबार पहिलो खेल घरेलु टिम नामिबियासँग खेल्दैछ । नेपाली टोली पारस खड्काको कप्तानीमा मैदानमा उत्रदै छ ।
खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे बजेपछि सुुरु हुनेछ । नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया पुगेको हो ।
प्रतियोगिताका लागि युएइमा ३ अभ्यास खेल खेलेको नेपाली टोली उतैबाट नामिबिया पुगेको हो । यसअघिका ४ भेटमा नेपालले नामिबियालाई ३ पटक हराएको छ भने एकपटक मात्र हारेको छ ।
६ टीम रहेको प्रतियोगिताको शीर्ष २ मा रहने टीमले विश्वकप क्रिकेटको छनोट खेल्न पाउनेछन् ।