०४ असार २०८३, बिहीबार

फुटबलर सान्चेजलाई १८ महिना जेल सजायँ

फुटबलर सान्चेजलाई १८ महिना जेल सजायँ

चितवन, २५ माघ– स्पेनको एक अदालतले फुटबलर एलेक्स सान्चेजलाई एक वर्ष ६ महिनाको जेल सजायँ तोकेको छ । कर छलीको आरोपमा सजायँ दिइएको हो ।

स्ट्राइकर सान्चेज गत जनवरीमा आर्सनलबाट म्यानचेस्टर युनाइटेडमा गएका थिए । सान्चेजले सन् २०१२ देखि २०१३ सम्म बार्सिलोनाबाट खेलेका थिए । त्यही बेला उनले ९ लाख पाउण्ड कर छलेको दावीसहित मुद्दा परेको थियो ।

उनलाई जेलमा भने बस्नु पर्ने छैन । किनकी स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजायँमा जेल बस्नु पर्दैन ।
 

salt training

कमेन्ट गर्नुहोस्