२४ जेठ २०८३, आइतबार

बेचिएकी महिलाको पीडा–‘छोराले बलात्कार गरिरहँदा बुवाले उसलाई फिल्म देखाइरहे’

बेचिएकी महिलाको पीडा–‘छोराले बलात्कार गरिरहँदा बुवाले उसलाई फिल्म देखाइरहे’

‘म असी हजार रुपैयाँमा बेचिए
‘मलाई डेढ लाख रुपैयामा बेचे’
‘मलाई पाँच लाख रुपैयाँमा बेचिएको थियो’ 

यो कुनै उत्पादनको दाम होइन । यो ती युवतीहरुको वास्तविकता हो जो दलालका कारण देह व्यपारमा बेचिएका छन् । 

भारत आन्ध्र प्रदेशकी रायलसीमा क्षेत्रको अनन्तपुर र कुडप्पा जिल्ला सुख्खाका कारण नराम्ररी प्रभावित भएको छ । 

यस जिल्लाबाट युवतीहरु दिल्ली, मुम्बइ तथा पुणे जस्ता शहरका लागि तस्करी भइरहेका छन् । 

बीबीसीले अनन्तपुर जिल्लाका तीन महिलासँग कुराकानी गरेको छ जो शरीर बेच्नुपर्ने धन्धाबाट स्वतन्त्र भएका छन् । 

यी युवतीहरु लामो समयदेखि शारीरिक तथा भावनात्मक पीडा झेलेर बसेका थिए । 

रमा देवीलाई दलालले महाराष्ट्रमा ८० हजारमा बेचेका थिए । त्यहाँ आउने ग्राहकलाई खुसी पार्नु उनको काम थियो । उनलाई ग्रहकसँग घिनौना काम गर्नुपर्ने हुन्थ्यो । विद्रोही स्वभावका उनको घरमा ६ वर्षको छोरीसमेत थिइन् । एकजना चिनेको महिलासँग सिनेमा हेर्न गएकी उनी विउझिदा महाराष्ट्रमा थिइन् । पछि उनी त्यहाँबाट निस्कन सफल भइन् । 

पार्वती

पार्वतीका दुई बच्च छन् । घर चलाउन आर्थिक समस्या परेपछि उनी साउदी अरब गइन् । तर दलाले उनलाई रोजगारी दिने भन्दै पठाएका थिए तर उनी बेचिएकी रहिछिन् ।  

साउदी अरबको एक घरमा उनलाई राखिएको थियो । त्यस घरमा कयौं पुरुष हुन्थे । एक ९० वर्षको व्यक्तिले आफ्नो बलात्कार गर्न खोजेको उनले बताइन् । त्यसको चंगुलबाट आफू जसरी तसरी निस्किएको उनले बताइन् । 

अर्को दिन घरका मालिकाका छोराले उनको बलात्कार गरेको थियो । आफ्नो छोराजस्तै उमेरको मालिकको छोरासँग सुत्न उनका परिवारले बाध्य पारेका थिए । नमाने शरीरमा चुरोटहरु झोस्थे । 

आफ्नो छोरा सरहको केटासँग सुत्न परेको थियो पार्वतीलार्इ । उसले अाफूलार्इ बलात्कार गर्दा उसको वुवा मोबाइलमा पोर्न भिडियो देखाइरहेको हुन्थ्यो । 

एक हप्तासम्म उनीहरुले आफूलाई खान नदिएको उनले बताइन् । अत्याचार सहन नसकि उनले आत्महत्या गर्ने सोच बनाए पनि सफल नभएको बताइन् । अन्तिममा आफू प्रहरीको डर देखाएर भाग्न सफल भएको उनले बताइन् । 

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्