
काठमाडौं, २४ माघ — माल्दिभ्सले चीन, पाकिस्तान र साउदी अरबलाई मित्रराष्ट्र मानेर आफ्नो विशेषदूत पठाएको छ । उसले भारतसँग चाहिँ कुनै सम्पर्क राखेको छैन ।
माल्दिभ्समा राजनीतिक संकट गहिरिँदै जाँदा राष्ट्रपति अब्दुल्ला यामीनले ती देशमा विशेषदूत पठाएका हुन् ।
निर्वासनमा रहेका पूर्वराष्ट्रपति मोहम्मद नशीदले भारतसँग सहायता मागेका छन् । चीनले चाहिँ माल्दिभ्समा भारतको हस्तक्षेप भएमा हालत अझै बिग्रने बताएको छ ।
माल्दिभ्सका अर्थमन्त्री मोहम्मद सईदलाई चीन, विदेशमन्त्री मोहम्मद असीमलाई पाकिस्तान र कृषिमन्त्री डा मोहम्मद शाइनीलाई साउदी अरब पठाइएको हो ।
संयुक्त राष्ट्रसंघ, अमेरिका तथा पश्चिमी मुलुकहरूले चाहिँ राष्ट्रपति यामीनलाई न्यायपालिकाको सम्मान गर्न अनि मानवअधिकारको संरक्षण गर्न आग्रह गरेका छन् ।
एजेन्सी