२९ जेठ २०८३, शुक्रबार

नेपाल क्रिकेट लिग डिभिजन टुको दोस्रो जितको खोजीमा

नेपाल क्रिकेट लिग डिभिजन टुको दोस्रो जितको खोजीमा

काठमाडौं, २६ माघ- आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितामा विजयी शुरुवात गरेको नेपालले आज दास्रो खेल खेल्दैछ । नेपालले आज दोस्रो खेलमा ओमनसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

नामिबियामा जारी प्रतियोगितामा नेपाल लागातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले हराएको थियो । ओमन भने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले हारेको थियो ।

नामिबियाको राजधानी विन्डहकमा बिहीबार घरेलु टोलीले दिएको १३९ रनको चुनौती नेपालले खेलमा चार बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो । 

नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाबेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्