काठमाडौं, २६ माघ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लटरीबाट जित्ने डीभीभन्दा योग्यतामा आधारित आप्रवासन व्यवस्थालाई समर्थन गरेका छन् । यस व्यवस्थाअनुसार संसारभरिका प्रतिभाशाली मानिसलाई अमेरिकामा निम्ता गरिनेछ ।
ह्वाइट हाउसका प्रेस सचिव राज शाहले पत्रकार सम्मेलनमा बताए, ‘राष्ट्रपति आप्रवासन कानूनमा सुधार चाहनुहुन्छ । उहाँ योग्यतामा आधारित आप्रवासनलाई अघि बढाउन चाहनुहुन्छ ।’
शाहले भने, ‘राष्ट्रियता, नश्ल वा धर्मभन्दा माथि उठेर प्रतिभाशाली र योग्य मानिस अमेरिका आऊन् भन्ने हामी चाहन्छौं । हामीहरू त्यस्ता व्यक्तिको शैक्षिक पृष्ठभूमि अनि कार्यक्षेत्रमा उनीहरूको योगदान गर्ने क्षमता हेर्न चाहन्छौं ।
उनीहरूले अमेरिकी कर्मचारीको सहायता गर्न सक्नुपर्छ । अमेरिकी अर्थव्यवस्थालाई थप राम्रो बनाउने सुधारहरू राष्ट्रपति हेर्न चाहनुहुन्छ ।’
एजेन्सी