
धादिङ, २७ माघ– सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना सवार जीप त्रिशुली नदिमा खसको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट राेलाङबाट त्रिशुली नदीमा गाडी खसेको हो ।
कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको बताइएकाे छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले खाेजी कार्य जारी रहेकाे जनाएकाे छ ।
घाइते चालक सर्लाही वरथवाका निरञ्जन यादवको उद्दार गरिएको छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।