०६ असार २०८३, शनिबार

सिंचाइ सचिव चढेको जीप भेटियो, बेपत्ता तीन जनाको खाेजी जारी

सिंचाइ सचिव चढेको जीप भेटियो, बेपत्ता तीन जनाको खाेजी जारी

धादिङ, २७ माघ– सिँचाइ मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जीप त्रिशुली नदिमा भेटिएको छ । जीप दुर्घटना स्थलभन्दा करिव २० फिट तल फेला परेको प्रहरीले जनाएको छ । जीप सडकबाट अन्दाजी ९० मिटर तल खसेको छ । 

जीप निकाल्ने प्रयास भइरहेको घटना स्थलमा रहेका प्रहरी सहायक निरिक्षक पूर्णबहादुर लामाले जानकारी दिए । गाडी पानीबाट बाहिर निकालेपछि मात्र थप भन्ने सकिने उनले बताए ।

कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि रहेको बताइएको छ । अर्का एक जनाको नाम खुल्न सकेको छैन । 

बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जीप पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोलाङबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका सर्लाहीका चालक निरन्जन यादवको काठमाडौंमा उपचार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्