२२ जेठ २०८३, शुक्रबार

किम जोङ उनकी बहिनीले गरिन् दक्षिण कोरियाका राष्ट्रपतिलाई यस्तो अफर

माघ २७, २०७४
किम जोङ उनकी बहिनीले गरिन् दक्षिण कोरियाका राष्ट्रपतिलाई यस्तो अफर


सोल, २७ माघ  उत्तर कोरियाली नेता किम जोङ अनले शनिबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनलाई प्योङयाङ सम्मेलनमा सहभागी हुन निम्ता दिएको  सोलस्थित राष्ट्रपतिको कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् । 
दक्षिण कोरियाको भ्रमणमा रहेकी नेता किम यो जोङले उत्तर कोरियाली सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई ‘सकेसम्म छिटो’ प्योङयाङमा जान निम्ता लिएर आएको जनाउनुभएको ब्लु हाउसका प्रवक्ताले बताए । 
किम यो जोङ पनि उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक तथा सर्वोच्च नेता किमकी बहिनी हुन् । 

प्योङयाङमा छिट्टै हुन लागेको अन्तर कोरियाली शिखर सम्मेलन तेस्रो हो । यसअघि किमका पिता तथा तत्कालिन नेता किम जोङ द्वित्तीयले सन् २००० मा तत्कालिन दक्षिण कोरियाली राष्ट्रपति किम दाई–जुङ र सन् २००७ मा रो मु ह्युनलाई प्योङयाङमा नै भेटेका थिए ।  

निम्तालाई राष्ट्रपति मुनले तत्कालै स्वीकार भने गरेका छैनन्  । उत्तरको निम्तालाई दक्षिणले लामो समयदेखि सैन्य सहयोग दिँदै आएको अमेरिकाको राय नबुझिकन स्वीकार्नेस्थिति नै छैन । 

गत बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नेता किमबीच चेतावनीपूर्ण तथा एक आपसमा अनादर झल्काउने खालका श्रृङ्खलावद्ध भनाईहरू आएका थिए । 

शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको छ । 

उक्त प्रतिनिधिमण्डलको नेतामा उत्तर कोरियाको संसदका प्रमुख तथा यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपति समेत मानिने किम योङ नाम तथा नेता किम जोङ अनकी बहिनी किम यो जोङ रहेका छन् ।  


यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो । 

उनीहरु दुई जना सहितको चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको कार्यालयमा ब्लु हाउसमा पुगेका थिए  । 

उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा हिजोबाट सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेको हो ।  

भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका पहिलो भएको समाचारमा जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्