०९ असार २०८३, मंगलबार

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको तेस्रो खेलमा नेपाल युएईसँग भिड्दै

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको तेस्रो खेलमा नेपाल युएईसँग भिड्दै

काठमाडौं, २८ माघ– आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिज टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे हुनेछ । 

नामिबियामा जारी प्रतियोगितामा नेपालले यसअघिका दुई खेलमा एकमा जित र एकमा हारको नतिजा निकालेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

युएईले पनि दुई खेलमा एकमा जित र एकमा हारको नजिता निकालेको छ । दुवै एसियाका टोली भएकाले लामो समयदेखि एकअर्कासँग परिचित छन् । केही महिनाअघि आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यी दुुई टोलीबिच भएको दुई खेलमा दुवै युएईले जितेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्