१२ असार २०८३, शुक्रबार

प्रदेश ४ : को बन्ला एमाले संसदीय दलको नेता ?

प्रदेश ४ : को बन्ला एमाले संसदीय दलको नेता ?

पोखरा, २८ माघ– संसदीय दलको नेता छान्न नेकपा एमाले प्रदेश ४ संसदीय दलको बैठक आज बस्दै छ । आज छानिने नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्।

प्रदेशभित्र सम्बन्धित दलको संसदीय दलको नेता मुख्यमन्त्रीको दाबेदार बन्ने प्रावधान छ । संसदीय दलको नेताका लागि एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ चर्चामा छन् । 

गुरुङद्वयको प्रतिस्पर्धाले दलको नेता को हुने भन्ने निकै नै रोचक बनेको छ । दुवैजना मुख्यमन्त्रीको चाहनासहित दलको नेता बन्ने दौडधूप र भेटघाटमा व्यस्त छन् । 

प्रदेश नम्बर ४ मा एमालेका २७ जना सदस्य रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्