
लमजुङ, २८ माघ– प्रदेश नम्बर चारमा नेकपा एमालले संसदीय दलको नेता चयन गर्दै छ ।
संसदीय दलको नेता चयन सहमतिमा हुन नसकेपछि चुनावी प्रकृयाबाटै टुंगो लाग्ने भएको हो ।
मुख्यमन्त्रीको आकांक्षी रहेका प्रदेश नम्बर चारका संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङबीच दलको नेतामा प्रतिस्पर्धा देखिएको छ । पृथ्वी र किरण दुवै केपी ओली गुटका हुन् । दुवैले आफ्नो जीतको दाबी गर्दै आएका छन् ।
किरण गुरुङ तनहु २ ‘ख’ बाट र पृथ्वीसुब्बा लम्जुङ ‘ख’ बाट निर्वाचित भएका हुन् । प्रदेश सभामा एमालेका २७ सांसद रहेका छन् ।
यसअघि प्रदेश नम्बर तीन र एकमा क्रमश शेरधन रार्इ तथा डोरमणि पाैडेल संसदीय दलको नेता चयन भइसकेका छन् । उनीहरू दुबै अोली गुटका हुन् ।