०९ साउन २०८३, शनिबार

क्रान्तिकारीले देउवालाई १ रुपैयाँ चन्दा दिने

क्रान्तिकारीले देउवालाई १ रुपैयाँ चन्दा दिने

काठमाडौं, २८ माघ- शेरवहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउंदै माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले ब्यङ्ग्य स्वरुप रु १ संकलन अभियान शुरु गरेको छ।

क्रान्तिकारीले उपत्यका लगायत देशका सवै प्रमुख शहरहरुमा रु १ का दरले चन्दा संकलन गरि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री देउवालाई वुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।

बस्नेतले भने-' प्रधानमन्त्रीलाई आफ्ना दलका कार्यकर्ता भरणपोषण गर्न जति गरे पनि पुगेन।त्यसैले हामीले उहाँलाई चन्दा संकलन गरिदिन लागेका हौं। '

देउवाले हदैसम्म बम्हलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन वाध्य भएको बस्नेतले दावी गरे। प्रधानमन्त्री देउवालाई रु १ अभियान आजवाटै उपत्यकाका कलेजहरुवाट शुरु भएको छ। यो अभियान देशैभर चल्ने क्रान्तिकारीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्