काठमाडौं, २८ माघ — मानिसको सबभन्दा इमान्दार साथी कुकुर हो र ऊ बुद्धिमान पनि हुन्छ । यहाँ हामीले चर्चा गरिरहेको कुकुर आफैं ट्य्राक्टर चलाउँछ ।
उत्तरी आयरल्यान्डमा बस्ने अल्बर्ट रीडको –याम्बो नामक कुकुर अहिले संसारभर चर्चाको विषय बनेको छ । यस्तो बुद्धिमान कुकुर दुर्लभै भेटिन्छ ।
६ वर्षीय –याम्बोका मालिक अल्बर्टले बताएअनुसार, उनले काम गर्दा कहिल्यै पनि एक्लोपन अनुभव गर्नुपर्दैन । उनको मेहनती कुकुरले जतिखेर पनि उनको सहायता गर्छ । खेत जोत्ने, बाली काट्ने अनि ट्य्राक्टर चलाउने लगायतका सबै गतिविधि यसले गर्छ ।
ट्य्राक्टर चलाउनका लागि अल्बर्टले –याम्बोलाई विशेष तालिम दिएका छन् । अल्बर्टको इशारामा उसले स्टीयरिङ दायाँ वा बायाँ पनि मोड्न सक्छ । अल्बर्टले आफ्नो मास्टर ट्य्राक्टरमा यस कुकुरका लागि एक विशेष अग्लो सीट पनि बनाएका छन् जसमा बसेर उसले ट्य्राक्टर चलाउँछ ।
खेतीकिसानीमा लाग्नुअघि ट्रक ड्राइभर रहेका अल्बर्टले भने, ‘यो सानो छाउरो हुँदा नै मैले यसको प्रतिभाका बारेमा थाहा पाएको थिएँ । त्यतिखेरदेखि नै मैले यसलाई तालिम दिन थालेको थिएँ ।’
अल्बर्टको कुकुर ड्राइभरलाई हेर्न टाढाटाढाबाट मानिसहरू आउँछन् । मानिसहरू छक्क परेर उसले ट्य्राक्टर चलाएको हेर्छन् अनि फोटो र भिडियो खिच्छन् ।
एजेन्सी