०३ साउन २०८३, आइतबार

पशुपति क्षेत्रमा नागाबाबाको गतिविधि रोक्न माग गर्दै सर्वोच्चमा रिट

पशुपति क्षेत्रमा नागाबाबाको गतिविधि रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं २८ माघ– शिवरात्रीको समयमा पशुपति क्षेत्रमा हुने नागाबाबाहरुका अश्लिल गतिबिधी रोक्न मागगर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नागाबाबाको गतिबिधी रोक्न मागगर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले आइतवार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नागाबाबाको गतिविधिले सामाजिक सुव्यबस्था खलल पार्ने भएकोले त्यस्ता क्रियाकलाप तत्काल रोक्न उनले माग गरेका छन् । ‘नागा बाबाका गचिविधिका कारण अश्लिलता बढी भयो भनेर रिट दायर गरेको हु’ न्यौपानेले लोकान्तरसगँ भने । 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलाइ विपक्षी बनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्