१२ असार २०८३, शुक्रबार

पार्टी एकताले गति लियो, प्रवक्ताले भनिन्- एकाध दिनभित्रै परिणाम निस्कन्छ

पार्टी एकताले गति लियो,  प्रवक्ताले भनिन्-  एकाध दिनभित्रै  परिणाम निस्कन्छ

काठमाडौँ, २९ माघ-  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच आज भएको छलफल सकारात्मक भएको  । माओवादी प्रवक्ता पम्फा भुसालले  एकताका सन्दर्भमा आजको छलफलले केही सकारात्मक गति लिएको र एकाध दिनभित्रै सार्थक निष्कर्षमा पुग्ने बताइन्  । 

“छलफल असाध्यै सकारात्मक छ । एकाध दिनभित्रै सार्थक परिणाम निस्कन्छ”, प्रवक्ता भुसालले भनिन्  । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज एक्लाएक्लै भेटवार्ता भएको थियो । मंगलबार अध्यक्षद्वयबीच एक्लाएक्लै पुनः भेटवार्ता गर्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्