
काठमाडौं, २ फागुन– प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै न्यायपरिषद्को कार्यालय घेराउ गरिएको छ ।
प्रधानन्यायाधीश पराजुलीमाथि नागरिकता र शैक्षिक प्रमाण पत्रमा धेरैवटा जन्ममिति रहेको आरोप लागि रहेको समयमा कानून व्यवसायीहरुले उनको राजीनामा माग गरेका हुन् ।
अधिवक्ता युवराज बन्जाडेले जन्ममिति प्रकरणले न्यायालयको गरिमा आँच आउने भएकाले विवादमा परेका प्रधानन्यायाधीश पराजुलीले तत्काल राजीनामा दिनु उपयुक्त हुने बताए ।