
काठमाडौं, २ फागुन — युद्धमा शत्रुहरूलाई हराउनका लागि अनेकौं हत्कण्डा अपनाइन्छन् । उत्तर कोरियाले पनि लगातार युद्धको धम्की दिइरहेको हुन्छ ।
अब त्यही युद्ध जित्नका लागि उसले नयाँ चाल चलेको हो त ? उसले देशका महिलालाई गोप्य हतियारका रूपमा प्रयोग गरेको हो ? त्यसैले उत्तरका सर्वोच्च नेता किम जोङ–उनले आफ्नी पुरानी प्रेमिका अनि आफ्नी बहिनीलाई
शीतकालीन ओलम्पिकका अवसरमा दक्षिण कोरिया पठाएका हुन् त ?
किमले संसारको ध्यान तान्नका लागि क्षेप्यास्त्र प्रहार गरिरहनुपर्छ भन्ने छैन । उनीसँग अन्य शक्तिशाली हतिया पनि छन् । ती हतियार उनको टोलीमा रहेका महिला पनि हुन् । 
उत्तरले ओलम्पिकमा चीयरलीडरहरू पनि पठाएको छ । ती चीयरलीडरले आफ्नो देशको झण्डाका साथ प्रदर्शन गरेका थिए । दक्षिणका दर्शकले यी प्रदर्शनलाई रुचाए पनि ।
केही हप्ताअघि ओलम्पिक खेलको तयारीका बारेमा बुझ्नका लागि नै किमकी पूर्वप्रेमिका ह्योन सोङ वोल दक्षिण कोरिया पुगेकी थिइन् । 
ओलम्पिकका कारण उत्तरले दक्षिणप्रति नरम दृष्टिकोण राखेको छ । तर विश्लेषकहरूका अनुसार, उत्तर कोरियाले ओलम्पिक कूटनीति देखाएर आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्ध घटाउन खोजेको अनि अमेरिका तथा दक्षिण
कोरियाबीचको साझेदारीलाई कमजोर बनाउन खोजेका हुन् । त्यसैअन्तर्गत उसले सुन्दरीहरूको उपयोग गरेको हुनसक्छ ।
एजेन्सी