
काठमाडौं, २ फागुन– आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भोलिका लागि सारिएको छ । कानूनमन्त्री यज्ञबहादुर थापाले भोलि बिहान ९ बजेका लागि मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिए ।
आजै मन्त्रिपरिषद् बैठक बसेर सोलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने तयारी भएपनि निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउन ढिलाई गरेपछि भोलिका लागि बैठक सारिएको हो । आज अबेर आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाई सकेको छ ।
भोलि ९ बजेको बैठकपछि देउवाले देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।