१८ असार २०८३, बिहीबार

मध्यरातमा फोन गरेर मोदीले दिए ओलीलाई बधाई

मध्यरातमा फोन गरेर मोदीले दिए ओलीलाई बधाई

काठमाडौं, ४ फागुन– नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । गएराती फोन गरेर मोदीले ओलीलाई बधाई तथा शुभकामना दिएका हुन् । 
प्रधानमन्त्री ओलीको सचिवालयले मोदीले गएराति साढे १० बजे टेलिफोन गरेर बधाई तथा  सफल कार्यकालको शुभकामना दिएको जनाएको छ । 
टेलिफोन संवादमा  मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् । 
 यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेको सचिवालयले जनाएको छ। 
टेलिफोन संवादमा प्रधामन्त्री ओलीले आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा मोदीलाई धन्यवाद दिए । 
 यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र   भारतसंगको  मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि  मोदीलाई बताएका थिए । 
बिहिबार नै  मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गरेको पनि ओलीको सचिवालयले जनाएको छ   ।
पत्रमा  ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त समेत गरिएको छ । 
 शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास,सद्धभाव र पारस्परिक विस्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकाश गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् । 
यसैबीच भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् । 
यता छिमेकी मुलुक चीनले पनि ओलीलाई बधाई दिएको छ । 
प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्