०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री ओलीलाई घरमै पुगेर दिए भारतीय राजदूतले मोदीको बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई घरमै पुगेर दिए भारतीय राजदूतले मोदीको बधाई सन्देश

काठमाडौं ४ फागुन–नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।

प्रधानमन्त्री ओलीको निवास बालकोट पुगेर राजदूत पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाइ सन्देश दिएका हुन् । 

राजदूत पुरीले भारतीय प्रधामनन्त्री मोदीको बधाइ सन्देश ओलीलाई हस्तान्त्ररण गरेका छन् । 

'प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई लेखेको पत्रमा नेपालको आर्थिक समृद्धि र विकासका लागि शुभकामना व्यक्त गर्नुभएको छ अनि बहुआयामी द्विपक्षीय साझेदारीलाई सशक्त बनाउनका लागि अघि बढ्ने बताउनुभएको छ' नेपालस्थित भारतीय दूतावासको ट्टीटमा उल्लेख छ । 

यसअघि मोदीले बिहीवार राती ओलीलाई फोन गरेर बधाइ दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्