०५ असार २०८३, शुक्रबार

मान्छेको जस्तो ओठ भएको माछा फेला प–यो, नाम राखियो एन्जेलिना जोली

मान्छेको जस्तो ओठ भएको माछा फेला प–यो, नाम राखियो एन्जेलिना जोली

काठमाडौं, ४ फागुन — अफ्रिकामा भेटिएको एक माछाको संसारभरि चर्चा भइरहेको छ । यसको ओठ मानिसको जस्तो छ । 

माछाविशेषज्ञहरू नै यो माछा देखेर छक्क परेका छन् । अफ्रिकाको लेक मलावीमा भेटिएको यो माछाको तुलना हलिउड अभिनेत्री एन्जेलिना जोलीसँग गरिँदैछ । जोलीका ओठहरू फुलेका जस्ता (पाउटिङ) देखिन्छन् । 

मानिसको जस्तो ओठ भएकाले यसलाई किसेबल फिश अर्थात् चुम्बनयोग्य माछा भनिँदैछ । यो सिच्लिड प्रजातिको माछा हो तर यसको ओठ अचम्मको छ । 

यो माछालाई एउटा फिश ट्यांकमा प्रदर्शन गर्न राखिएको थियो । हालै एक पर्यटकले यसको भिडियो भाइरल गराए । 

आकर्षक ओठका कारण चर्चामा रहेको माछा गफ गरिरहेको जस्तो देखिन्छ । भिडियोमा पनि माछाले ओठ चलाइरहेको जस्तो देखिन्छ । 

हेर्दा यो सामान्य माछा जस्तो देखिन्छ तर यो खतरनाक छ । यो माछाले अन्य माछा र समुद्री जीवहरूलाई भोजन बनाउँछ । कहिलेकाहीँ यसले समुद्रको भुइँमा सडिरहेको मासु पनि खान्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्