१६ असार २०८३, मंगलबार

पद्मावतले संसारभरिबाट कमायो ५०० करोड भारु

पद्मावतले संसारभरिबाट कमायो ५०० करोड भारु

काठमाडौं, ४ फागुन — विवादास्पद फिल्म पद्मावतले भारत तथा विश्वको बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै ५०० करोडभन्दा बढी रुपैयाँ कमाएको छ । 

रिलिज भएको २१ दिनमा फिल्मले यो आँकडा पार गरेको हो । संसारभरि ५०० करोड रुपैयाँ कमाउने यो नवौं भारतीय फिल्म हो । 

फिल्मको व्यापार विश्लेषक रमेश बालाले आफ्नो ट्विटर ह्यान्डलमा फिल्मको वर्ल्डवाइड आँकडा शेयर गरेका हुन् । 

पद्मावतले भारतमा ३४५ करोड भारुको व्यापार ग–यो भने विदेशमा १७५ करोड भारु कमायो । सबै जोड्दा फिल्मले ५२० करोड भारु जोड्यो । 

फिल्म २५ जनवरीमा रिलिज भएको थियो । यसको निर्देशन सञ्जय लीला भन्सालीले गरेका हुन् । फिल्म बनाउन १८० करोड भारु खर्च भएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्