
काठमाडौं, ४ फागुन — यूएईको राजधानी दुबईमा धेरै उत्कृष्ट र अग्ला होटलहरू छन् । दुबईलाई त होटलहरूको शहर नै भनिन्छ ।
यहाँ हामी दुबईमा भएको त्यस्तो होटलको कुरा गर्दैछौं जुन संसारकै सबभन्दा ठूलो होटल हो ।
गेवोरा होटल ३५६ मिटर अग्लो छ । सुनजस्तो देखिने यो होटलमा ७५ तल्लाहरू छन् । यसलाई हेर्न थाल्दा गर्दनै दुख्छ ।
होटलमा ५२८ कोठाहरू छन् । कोठाहरू पूरै विलासी छन् । यसको प्रवेशद्वार अत्यन्त सुन्दर छ ।
होटलमा पाँचवटा रेस्टुराँ छन् । छतमा एउटा पूल छ र त्यो संसारको सबभन्दा अग्लो स्विमिङ पूल हो । त्यहाँबाट पूरै दुबई मज्जाले देखिन्छ ।
गेवोरा होटलबाट बुर्ज खलीफा पनि मज्जाले देखिन्छ ।
एजेन्सी