
काठमाडौं, ४ फागुन — सुरक्षा जाँचका बेलामा सामानलाई सुरक्षित राख्नका लागि तपाईंले चिन्ता गर्नुपरेको छ ?
चीनकी एक महिला स्टेसनमा सुरक्षा जाँचका बेलामा आफ्नो ब्याग हराउला भन्ने पीरले गर्दा एक्सरे मशिनमा छिरेकी छन् ।
आइतवार यो अनौठो घटना दक्षिणी चीनको डुङग्वान रेलवे स्टेसनमा भएको थियो । त्यहाँको स्टाफले सामान जाँच्ने एक्सरे मशिनको मनिटरमा महिलाको छायाचित्र आएपछि छक्क परे ।
अन्लाइन भिडियोमार्फत यो घटना सार्वजनिक भयो ।
भिडियोमा महिलाले आफ्नो सुटकेसलाई कन्भेयर बेल्टमा राखेको अनि ह्यान्डब्याग लिएर स्टेसनतर्फ गएको देखिन्छ ।
उनलाई सबै ब्यागहरू एक्सरे मशिन भएरै जानेछन् भनेपछि उनी आफैं कन्भेयर बेल्टमा चढिन् र सामानका साथ अर्कोतिर पुगिन् ।
त्यसैबेलामा उनको एक्सरे इमेज देखियो । उनी आफ्नो सामानपछाडि घुँडा टेकेर बसेकी थिइन् ।
उनलाई हेरेर सुरक्षाकर्मीहरू छक्क परेर हाँस्न थाले ।
महिलालाई किन यसो गरेको भनेर सोध्दा ब्याग कसैले चोरिदेला भनी पीर लागेकाले यसो गरेको भनिन् ।
चीनमा नयाँ वर्षका समारोहहरू चलिरहेका छन् र यस अवसरमा घर जाने मानिसहरू ठूलो मात्रा नगद बोकेर हिँड्छन् ।
एक्सरे मशिनमा पस्दा विकिरणले घात असर पार्छ । यो घटनापटि डुङग्वान स्टेसनको कर्मचारीले यात्रीहरूलाई एक्सरे मशिनमा नपस्न नछिर्न चेतावनी जारी गरेको छ ।
बीबीसीबाट