०९ असार २०८३, मंगलबार

काठमाडौंको लगनटोलमा लागेको आगो नियन्त्रणमा, जलेर एक जनाको मृत्यु

काठमाडौंको लगनटोलमा लागेको आगो नियन्त्रणमा, जलेर एक जनाको मृत्यु

काठमाडौं, ५ फागुन- काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय जीवनकाजी श्रेष्ठ रहेका छन् । उनी प्यारालाइसिसका बिरामी पनि थिए । 

श्रेष्ठलाई बचाउँने क्रममा उनका छोरा प्रविणलाल श्रेष्ठ घाइते भएका छन् । उनी वीर अस्पतालमा उपचार गराइ घर फर्किएका छन् । 

अमृतलाल रञ्जीतको घरमा शनिबार बिहान करिव ४ बजे आगो लागेको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको डिएसपी टेकुनन्द लिम्बुले बताए । आगलागीबाट रञ्जीतको चार तले घरकोबीचको तला भत्किएको छ ।

salt training

कमेन्ट गर्नुहोस्