२८ असार २०८३, आइतबार

मन्त्री भएपछि चौधरीले भने - अब ५ नम्बर प्रदेशमा  चौतर्फी विकास

फागुन ५, २०७४
मन्त्री भएपछि चौधरीले भने - अब ५ नम्बर प्रदेशमा  चौतर्फी विकास

नवलपरासी, ५ फागुन- प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार तथा विकास मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेश सरकारले प्रदेशको चौतर्फी विकासको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 
प्रेस चौतारी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) शाखाद्वारा उहाँलाई आज परासीमा आयोजित बधाई तथा पत्रकार सम्मेलनमा मन्त्री चौधरीले ५ नंं प्रदेशका सवै क्षेत्रलाई यातायातसँग जोड्न प्रदेश सरकारले पहाडी राजमार्ग र तराई राजमार्गको अवधारणा पनि अघि सारेको मन्त्री चौधरीले जानकारी दिनुभयो । 

बुटवलदेखि पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकम हुँदै सिस्ने हिमालसम्म पहाडी मार्ग र सुस्तादेखि राजापुरसम्मको तराई राजमार्ग बनाउने गरी प्रदेश सरकार अघि बढेको मन्त्री चौधरीले जानकारी दिनुभयो । 

प्रदेशका सवै क्षेत्रमा ओभरहेड टंयाङ्कीमार्फत शुद्ध खानेपानीको पहुँचसमेत पु¥याउने योजनामा सरकार रहेको मन्त्री चौधरीले बताउनुभयो । 

मन्त्री चौधरीले गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम–७ उजैनीस्थित रामग्राम स्तुपमा पनि जग्गा अभावले विकास हुन नसकेको भन्दै स्तुप क्षेत्रमा करिब दुई सय विगाहा जग्गा अधिग्रहण गरेर विकास गर्न लागेको जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्