१५ असार २०८३, सोमबार

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो,  विमानस्थलमा पारसको आयो यस्तो प्रतिक्रिया

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो,  विमानस्थलमा पारसको आयो यस्तो प्रतिक्रिया
फाइल तस्बिर

काठमाडौँ, ५ फागुन - आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । 

नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे  । 

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी दिनका खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले नेपाली क्रिकेटको विवाद समाधान गरी आगामी दिनमा आइपर्ने चुनौतीको सामना गर्न नेपाल तयार रहनुपर्ने बताए । 

आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा यो प्रतियोगिताभन्दा झनै सुधारिएको प्रदर्शन गर्ने उनले  भनाइ छ । 

आइसिसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा, स्कटल्याण्डसँग मार्च ८ मा, अफगानिस्तानसँग मार्च १० र हङ्कङसँग मार्च १२ मा खेल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्