११ असार २०८३, बिहीबार

बार्सिलोनाको अपराजित यात्रा कायमै

बार्सिलोनाको अपराजित यात्रा कायमै

काठमाडौं, ६ फागुन– स्पेनिस लिग फुटबलमा गएराति भएको खेलमा बार्सिलोनाले आईबारलाई उसैको मैदानमा २–० ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जितसँगै बार्सिलोनाले लगातार ३१ खेलको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । 

अब एक खेलमा अपराजित रहेमा बार्सिलोनाले नयाँ क्लव कीर्तिमान भेटाउनेछ । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र योर्डी अल्बाले एक एक गोल गरे ।

ला लिगाअन्तर्गत गएराति भएका अरु खेलमा भ्यालेन्सिया, सेभिया र आलाभेज विजयी भएका छन् । भ्यालेन्सियाले मालागालाई २–१ ले हराउँदा सेभियाले लास पाल्मासलाई २–१ ले तथा आलाभेजले डेपोर्टीभो लाकोरुनालाई १–० ले हराएको छ ।

गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २४ खेलबाट ६२ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ५२ अंकसहित दोस्रो स्थानमा रहँदा ४६ अंक जोडेको भ्यालेन्सिया तेस्रो तथा ४२ अंक जोडेको रियाल मड्रिड चौथो स्थानमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्