०९ असार २०८३, मंगलबार

ट्रम्पले मेलानियाको हात समात्दा तात्यो सामाजिक सञ्जाल

ट्रम्पले मेलानियाको हात समात्दा तात्यो सामाजिक सञ्जाल

काठमाडौं, ९ फागुन — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आजकल कामुकताका कारण चर्चामा छन् । एक पोर्नस्टारले ट्रम्पसँग सम्बन्ध बनाएको र चुप लाग्न पैसा लिएको कुरा सेलाउन नपाउँदै अर्की महिलासँग ट्रम्पको सम्बन्ध रहेको खुलेको छ । 

यो खुलासापछि ट्रम्प र उनकी पत्नी मेलानियाबीच दूरी बढ्दै गएको बताइएको छ । 

तर यी सब कुरालाई खारेज गर्दै सामाजिक सञ्जालमा चर्चामा रहेको एक तस्वीरमा मेलानिया र ट्रम्पले एकअर्काको हात समातेको देखिएको छ । 

ट्रम्प र मेलानिया एउटा समारोहमा भाग लिन पुगेका थिए । दुवैजना एउटा सोफामा बसेर हातमा हात राखिरहेका थिए । तस्वीर हेर्दा दुवैजनाको सम्बन्ध सुध्रिँदै गएको अनुमान लगाइएको छ । 

त्यसो त मेलानियाले धेरैचोटि ट्रम्पले हात समात्दा छुटाउने गरेकी थिइन् । वाशिङटनबाट ओहायो जाँदै गर्दा ट्रम्पले पत्नीको हात समात्ने कोशिश गर्दा मेलानियाले झट्कारिदिएकी थिइन् । अनि इजरायल भ्रमणका क्रममा पनि मेलानियाले
ट्रम्पको हात झट्कारेको देखिएको थियो । 

त्यस विषयमा ट्रम्पलाई सामाजिक सञ्जालमा खुबै उडाइएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्