०९ असार २०८३, मंगलबार

नवाज सरिफ पार्टीको अध्यक्ष बन्न अयोग्य

फागुन १०, २०७४
नवाज सरिफ पार्टीको अध्यक्ष बन्न अयोग्य

काठमाडौं, १० फागुन– पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा रहिरहन नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा रहेको इजलासले यो फैसला गरेको हो ।

यसअघि गतवर्ष सर्वोच्च अदालतले नवाज सरिफलाई पनामा लिक्स प्रकरणमा दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतको फैसलापछि सरिफले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

जेलमा राखिएका कुनै पनि व्यक्तिले आधिकारिक दस्तावेजमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सिरिफले अध्यक्षका रुपमा कुनै पनि निर्णय गर्न र काम गरिरहन नमिल्ने अदालतको ठहर छ । प्रधानमन्त्रीबाट हटिसकेपछि उनको पार्टीले सरिफलाई नै अध्यक्ष बनाएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्