१७ असार २०८३, बुधबार

‘राखी सावन्तको इज्जतै छैन, त्यसलाई के बेइज्जत गर्नु नि !’

फागुन १०, २०७४
‘राखी सावन्तको इज्जतै छैन, त्यसलाई के बेइज्जत गर्नु नि !’

काठमाडौं, १० फागुन — बिग बोसबाट प्रख्यात भएकी अर्शी खानले राखी सावन्तलाई कडा जवाफ दिएकी छन् । 

अर्शीले भनिन्, ‘राखी सावन्तको कुनै इज्जत छैन । मैले उसको के बेइज्जती गरिरहनुपर्छ र ? उसले मलाई उसको घरमा काम गर्ने नोकर्नी भने पनि मलाई कुनै आपत्ति छैन । राखी त भाउ खाएर बस्छिन् ।’

अर्शीले थपिन्, ‘राखी तुच्छताले भरिएकी छन् । म उनलाई उत्तर दिन चाहन्नँ । मैले केही जवाफ दिएँ भने ऊ फेरि मिडियामा आउँछे । ऊ त जतिखेर पनि मिडियामा आउन चाहन्छे । राखीबाट जति टाढा बस्यो, त्यति राम्रो ।’

राखी सावन्त बक्स क्रिकेट लीगमा गोवा शार्क्स टीमकी खेलाडी हुन् भने अर्शी चाहिँ कोलकाता बाबू मोशाय टीमबाट खेल्छिन् । हालै राखीले मिडियासँग कुराकानी गर्दै अर्शीले आफ्नो घरमा कुचो लगाउने बताएकी थिइन् । 

राखीको अपमानजनक बयानपछि अर्शीले पनि भडास निकालेकी हुन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्