काठमाडौं, १० फागुन — कपिल शर्मा लामो ब्रेकपछि टेलिभिजनको पर्दामा फर्किने तयारी गरिरहेका छन् । आफ्नो नयाँ शो लिएर उनी फागुनको अन्त्यसम्ममा टीभीमा आइसक्नेछन् ।
शोको नाम फ्यामिली टाइम विथ कपिल शर्मा राखिएको छ । डान्स शोको स्लटमा यसलाई देखाइनेछ ।
कपिलको नयाँ शो कमेडी र गेमको संयुक्त रूप हुनेछ । शोसँग जोडिएका एक सूत्रका अनुसार, कपिलले स्ट्यान्ड अप कमेडीका साथ शोको आरम्भ गर्नेछन् अनि पछि उनले परिवारलाई आफूसँग रमाइला खेलहरू खेल्नका लागि आमन्त्रित गर्नेछन् ।
कीकू शारदा यसपाली पनि महिला रूपमा देखिनेछन् । गेमलाई होस्ट गर्दा कपिलसँग चन्दन प्रभाकर पनि हुनेछन् ।
सूत्रहरूका अनुसार, सोनी च्यानलले यो नयाँ रणनीतिमा काम गरिरहेको छ । कपिलसँग च्यानलले कुराकानी जनवरीदेखि नै गरिरहेको थियो र कैयौं बैठकपछि यो शो चलाउने स्वीकृति दिइएको थियो ।
एजेन्सी