२६ जेठ २०८३, मंगलबार

दैलेखमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

फागुन १०, २०७४
दैलेखमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु
सांकेतिक तस्बिर

दैलेख, १० फागुन– दैलेखमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दैलेख सदरमुकामबाट महाबु गाउँपालिका जाँदै गरेको लु१ज ३५३२ नम्बरको जिप ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना दुर्घटनामा हुँदा  ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ३५ वर्षीय सरल कुमार शाही, महाबु–४ गैंडाबाजकी २२ वर्षीय निर्मला पाण्डे, कालिकोटकी २९ वर्षीया निर्मला कुमारी शाही र सुर्खेतका तिलक ढकाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

दुर्घटनामा परि अन्य  ३ जना घाइते भएका छन् । घाइतेको उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्