
काठमाडौं, ११ फागुन– सभामुख वा उपसभामुखमध्ये एक पदमा अनिर्वाय रुपमा महिला हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि राजनीतिक दलले महिलालाई दोस्रो पद उपसभामुखमै सीमित राखेका छन् ।
राजनीतिक दलले सातै प्रदेशमा महिलालाई उपसभामुखमै खुम्चाएका छन् । नेपालको संविधानको धारा १८२ को उपधारा २ अनुसार प्रदेशसभाको सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ ।
संविधानले प्रदेशमा सभामुख वा उपसभामुख चयन गर्दा फरक लिङ्ग र फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ । तर, तत्काललाई दल र फरक पारिएको छ, एउटै प्रदेशमा पनि महिलालाई पहिलो पद सभामुख भने दिइएको छैन, गोरखापत्रमा खबर छ ।