२३ असार २०८३, मंगलबार

जर्मनीको गुफामा भेटियो मूर्ति, देखिन्छ नरसिंह अवतार जस्तै

कात्तिक २०, २०७४
 जर्मनीको गुफामा भेटियो मूर्ति, देखिन्छ नरसिंह अवतार जस्तै
काठमाडौं, १६ माघ — सन् १९३९ मा जर्मनीको होह्लेनस्टाइन–स्तादेलका गुफाहरूमा ४० हजार पुरानो मूर्ति भेटियो । जर्मनीको पुरातत्त्व विभागका लागि यो अनौठो मूर्ति थियो ।


यसको टाउको सिंहको थियो भने शरीर मनुष्यको । पुरुष हो कि स्त्री, त्यो पनि छुट्टिदैनथियो । यसमाथि अनुसन्धान चलिरहेको बेलामा नै दोस्रो विश्वयुद्ध शुरु भएकाले अनुसन्धान रोकियो ।

लगभग ३० वर्षपछि पुरातत्त्व विभागले फेरि यो मूर्ति फेला पा–यो । अनि पछि १९९७ मा मूर्तिका अन्य भाग पनि भेटिए ।

धेरै वर्षसम्म यो मूर्तिको लिंगमाथिको बहस चलिरह्यो ।

शुरुमा त यो प्रतिमा कुनै नरजन्तुको मानिएको थियो । पछि पो युरोपका गुफाहरूमा पाइने सिंहिनीको टाउको यस्तो हुने पत्ता लाग्यो । वैज्ञानिकहरूका अनुसार यो न भाले हो, न पोथी । अलि पछि त जर्मनीका अन्य ठाउँमा पनि यस्तै मूर्ति भेटिए ।

हिन्दू धर्मका पुराणहरूमा नरसिंहको स्वरूप यस्तै हुने बताइएको छ । नरसिंह विष्णु भगवानका चौथा अवतार हुनुहुन्छ । उहाँ दैत्यराज हिरण्यकशिपुको वध गर्नका लागि यो अवतार लिनुभएको हो । आधी सिंह, आधी मनुष्य यस अवतारको विशेषता हो ।

हाम्रा पुराणहरूको बारेमा त्यतिखेरको मूर्तिकार जानकार हुन सक्ने अनुमान गरिएको छ ।

अहिले यो प्रतिमा जर्मनीको उल्मर संग्रहालयमा राखिएको छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्