
काठमाडौं, १३ फागुन– विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली जिम्बाबे पुगेको छ । नेपाली टोली गएराती जिम्बाबेका लागि प्रस्थान गरेको हो ।
नेपाल समूह बीमा रहेको छ ।समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ्गसंग खेल्नेछ । दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् ।
नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनोट खेल्ने अवसर पाएको हो । विश्वकप छनोट खेल्ने वेष्टइण्डिज, आयरल्याण्ड, अफगानिस्तान र जिम्बाबेले एकदिवसीय मान्यता पाइसकेकाले यी बाहेक शिर्ष ३ टीमले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछन् । समूहको पुछारमा रहने २ टीम डिभिजन टूमा झर्नेछन् ।