
आफ्नो शानदार अभिनयबाट सिनेमाप्रेमीको दिलमा राज गरेकी बलिउड अभिनेत्री श्रीदेवी को निधन भएको छ । शनिवार राति श्रीदेवीको दुबईको होटलमा कार्डिक अरेस्टका कारण निधन भएको हो । आफ्नो स्वास्थ्यबारे निकै होरियार श्रीदेवी हर्दा निकै फिट थिइन् । उनको मृत्यु हर्ट अट्याकबाट भएको समाचारलाई धेरैले पत्याउन नै सकेनन् ।
उनी निकै फिट देखिएको उनको अन्तिम भिडियोले पनि देखाउछ जब उनी आफ्ना पति बोनी कपूरसँग नाचथिइन् । तर केही रिपोर्टहरले उनको मृत्युको कारण उनले गरेको सर्जरी रहेको बताइरहेका छन् ।
समाचारहरुका अनुसार जवान देखिनका लागि श्रीदेवी ठूलो मात्रामा एन्टी एजिङको औषधि सेवन गरिरहेकी थिइन् । उनले करिब २९ पटक अप्रेशन गराएकी भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । जसमध्ये एक अप्रेशन राम्रो सँग भएको थिएन । जसका कारण श्रीदेवी समस्यामा परेकी थिइन् । साउथ क्यालिफोर्नियाको एक कस्मेटिक सर्जनको रेखदेमा श्रीदेवी यो पीडालाई कम गर्नका लागि पछिल्लो समय औषधि पनि लिइरहेका थिइन् । यसलाई‘डायट पिल्स’ भनिन्छ ।
श्रीदेवी आफ्नो पेटको फ्याटलाई कम गर्नका लागि उपचार गराइरहेकी थिइन् । पछिल्लो दिन श्रीदेवीको ओठको सर्जरी पनि चर्चामा थियो । तर उनले सधै यो कुरालाई अस्विकार गर्दै आएकी थिइन् । तर उनको तस्वीरमा भने उनको लीप सर्जरिलाई पुष्टि गर्ने खालको रहेको छ ।
श्रीदेवीको मृत्यु हर्ट अट्याकका कारण भएको हो । जसलाई डाक्टरहरुले पोस्ट मीनोपाज पछि महिलाहरुमा हर्ट अट्याकको खतरा बढ्ने बताएका छन् । सामान्य अवस्थामा पुरुष र महिलाबीच मुटुको बिरामीको अनुपात ३–१ को हुने गरेको छ । तर मीनोपोज पछि यो बराबर अवस्थामा पुग्ने गरेको छ ।
राम्री देखिनका लागि एक्लै श्रीदेवीले मात्र यस्तो गरिनन् । काजोल, शिल्पा, प्रियंका, अनुष्का शर्मा, वाणी कपूर, विपाशा वासुलगायतका अभिनेत्रीहरुले पनि कयौंपटक सर्जरी गराएका छन् ।