१२ असार २०८३, शुक्रबार

शीतकालीन ओलम्पिकपछि दुई कोरियाबीचको सम्बन्ध कस्तो रहला ?

फागुन १४, २०७४
शीतकालीन ओलम्पिकपछि दुई कोरियाबीचको सम्बन्ध कस्तो रहला ?

काठमाडौं, १४ फागुन — कोरियाली प्रायद्वीपका दुई राष्ट्रबीच ऐतिहासिक एकताको क्षण सकिएको छ । 

प्योङचाङ शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको संलग्नता सकिएको छ र आशावादीहरूले विगत दुई हप्तादेखिको मैत्री ओलम्पिकपछि पनि कायम रहने आशा गरेका छन् । अब के हुन्छ ? 

‘वास्तविकताले मानिसहरूलाई पृथ्वीमा छिट्टै फर्काउँछ । यी दुई राज्यहरू प्राविधिक रूपमा युद्धमै छन् तर दक्षिण कोरियामा यसलाई कसरी डील गर्छ भन्ने विषयमा आमसहमति छैन । अनि अमेरिकामा उत्तर कोरियालाई कसरी डील गर्ने भन्ने विषयमा वास्तविक सहमति छैन,’ अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा ग्रिफिथ बिजनेस स्कूलका डीन एन्ड्रु ओनील बताउँछन् । 

‘दक्षिण कोरियालीहरू जसरी भएपनि यसको समाधान खोजिनुपर्छ भन्ने इच्छा राख्छन् भनी गलत अनुमान प्रायः गरिन्छ । मून जे–इनले उत्तरतर्फ हात बढाउँदा चिन्ता व्यक्त गर्ने दक्षिण कोरियालीहरूको संख्या ठूलै छ भन्ने मलाई लाग्छ,’ उनले थपे । 

प्योङयाङ ओलम्पिकका दुई हप्तामा हासिल गरेको कूटनीतिक विजयबाट खुशी भएर उत्तरले क्षेप्यास्त्र परीक्षण पुनः शुरू गर्ने र दक्षिण कोरिया तथा उसको साझेदार अमेरिकाविरुद्ध शब्दवाण प्रहार गर्ने हो कि होइन भन्ने कुरा प्रस्ट छैन । अमेरिकाले लगाएको ताजा प्रतिबन्धमा उसले कठोर प्रतिक्रिया दिएर यो युद्धजन्य कार्य भनेको छ । 

उत्तर कोरियाविज्ञहरूले ओलम्पिकको विश्राममा उत्तरको सरकारले आणविक कार्यक्रममा काम गर्न बहुमूल्य समय पाएको अनि अर्को आणविक प्रक्षेपण केही समयमै गर्ने अनुमान लगाएका छन् ।

प्योङयाङले क्षेप्यास्त्र परीक्षण गरेको महीनौं बितिसकेको छ र केही व्यक्तिहरू उत्तरको सरकारले गत वर्ष गरेको हाइड्रोजन बम परीक्षणको फलोअपका रूपमा थर्मोन्युक्लीयर परीक्षण गर्न सक्ने बताउँछन् । 

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्